कञ्चनपुर। कञ्चनपुरका विभिन्न ठाउँबाट अढाई लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त–४ बसपार्क, भीमदत्त–११ भन्सार कार्यालय नजिक, बेदकोट–१० चम्फापुर र बेलौरी–१ सिसमघारीबाट अबैध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेबारिसे अवस्थामा फेला परेको २ लाख ५७ हजार ३ सय ३० रुपैयाँ बराबरको प्याज, चिनी, मिश्री, पेय पदार्थ, नमकिन, हार्डवेयरका सामान, कस्मेटिकका सामान, ट्याक्टरको क्लोज प्लेट लगायतका सामानहरु नियन्त्रणमा लिइएको छ।