महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल नेपालकै लामो झोलुङ्गेपुल रहेको रेकर्ड अबदेखि टुटेको छ ।
जिल्लाको महेन्द्रनगर–दोधारा चाँदनी क्षेत्रलाई जोड्न महाकाली नदी माथि २०६१/०६२ तिर निर्माण सम्पन्न गरिएको झोलुङ्गेपुलको लम्बाई एक हजार चार सय ५३ मिटर रहेको थियो ।
त्यो त्यो रेकर्ड अनुसार दोधारा चाँदनी झोलुङ्गे पुल नेपालकै लामो झोलुङ्गे मानिथ्यो । तर पश्चिम नवलपरासीको सुस्तामा एक हजार पाँच सय ५८ मिटर लामो झुलुङ्गे पुलको निर्माण सम्पन्न भएर आजबाट प्रयोगमा आउने भए संगै दोधारा चाँदनी झोलुङ्गे पुल दोस्रो हुँने भएको छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा नेपालकै लामो (१५५८ मिटर) पुलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज सुस्ता जाँदैछन्। निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि सुस्तामा नेपालकै लामो झोलुङ्गे पुल बनेको हो।
सुस्तामा सांसद विनोद चौधरीले पहल उक्त पुल निर्माण भएको हो । पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ ।