कञ्चनपुर। कञ्चनपुरको छुट्टाछुट्टै ठाउँबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ ब्रम्हदेब, भीमदत्त–११ भुजेला, बेलौरी–१० भुडा, दोधारा चाँदनी–१० कुतियाकभर र बेलडाँडी–४ कान्छी बजारबाट अवैध सामान बराम गरिएको हो।
प्रहरीका अनुसार भारतबाट भन्सार छलि गरि ल्याइएको एक लाख ११ हजार ६ सय ९० रुपैयाँ बराबरको चिनी, खानेतेल, पेय पादार्थ, सरप, बिडी, सुर्ती, खेलौना, वाईरिङ तार, केबुल तार, नम्किन, बिस्कुटलगायतका सामानहरु बरामद गरिएको छ।