दार्चुलामा १४ जना मलामी बोकेको जीप दुर्घटना

प्रकाशित:

कञ्चनपुर। दार्चुलामा मलामी बोकेको जीप दुर्घटना भएको छ। बुधबार बेलुका शैल्यशिखर नगरपालिका–५ ओखडानीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार १४ जना मलामी सवार जिप दुर्घटनामा परेको हो।

मलामी बोकेर गोकुलेश्वर–ओखडानीतर्फ गइरहेको जिप ग्रामीण सडकमा दुर्घटना परेको प्रहरीले जनाएको छ।

सु.प.प्र.०१ ज १५९४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। जिपमा सवार १४ जनामध्ये दुर्घटनामा घाइते ३ जना गोकुलेश्वर अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन्।

प्रहरीका अनुसार जिप दुर्घटनामा शैल्यशिखर–४ रातापानीका अन्दाजी २३ वर्षीया हरिश धामी, २१ वर्षीय मोहन धामी र ३९ वर्षीय दानसिंह ठगुन्ना उपचारपछि डिस्चार्ज भएका हुन।

जिप चालक ३० वर्षीय सिद्ध रावल प्रहरीको नियन्त्रणमा छन्। प्रहरीका अनुसार जिप सडकबाट १० मिटर तल खसेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार