कञ्चनपु्र। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारीमा मोटरसाइकल दुर्घटनामा परि दुई जना घाइते भएका छन्। ईलाका प्रहरी कार्यालय झलारीका अनुसार मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक युक्रेनी नागरिक र साइकल चालक घाइते भएका छन्। ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार दुर्घटनामा परि युक्रेनी नागरिक एन्ड्री र शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरकी ३५ वर्षीय सीता कामी घाइते भएका हुन्।
एन्ड्रीले चलाइ रहेको एलए ०२ ए ५८४५ भारतीय नम्बरको मोटरसाइकल कामीको साइकलसँग ठोक्किएको थियो। झलारीस्थित टी एण्डी सी अस्पतालमा प्राथमिक उपचारपछि दुबै जनालाई थप उपचारका लागि धनगढी लगिएको छ।