नाउपामा रेशम-रञ्जिता मिलाप, संयुक्त पत्र लेखेर बोलाए बैठक

प्रकाशित:

कञ्चनपुर। आन्तरिक शक्तिसंघर्षमा रहेका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक रेशम चौधरीबीच मिलाप भएको छ।

उनीहरू दुवैले मतभेद मत्थर भएको सन्देश दिन भन्दै बैठकसमेत बोलाएका छन्। नेताहरूलाई लेखिएको पत्रमा दुवै जनाको हस्ताक्षर छ।

पत्रमा रञ्जिताको पद अध्यक्ष र रेशमको परिचय महाधिवेशनबाट निर्वाचित अध्यक्ष भनेर लेखिएको छ। असोज १८ र १९ गते काठमाडौँमा प्रथम महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको बैठक पार्टीको प्रथम

महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकताप्राप्त अध्यक्षको सहमतिमा बैठक बस्न लागेको पत्रमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार