भीमदत्त क्षेत्रका विद्यालयमा प्रत्येक शुक्रबार ‘बुक फ्रि फ्राईडे’ मनाउने तयारी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रत्येक हप्ताको शुक्रबार ‘बुक फ्रि फ्राईडे’ कार्यक्रम सञ्चालनमा ल्याउने तयारी भइरहेको नगर प्रमुख पदम बोगटीले बताएका छन् ।

मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा ‘भ्वाईस अफ युनिभर्सिटी’ ले आयोजना गरेको प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उद्घाटनमा बोल्दै नगर प्रमुख बोगटीले यस्तो बताएका हुन् ।

भीमदत्त मातहतका सम्पुर्ण विद्यालयहरुमा ‘बुक फ्रि फ्राईडे’ कार्यक्रम सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउँदै उनले विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलापहरुले निकै सहयोग पुर्याउने बताए ।

‘पढाई संगसंगै विद्यार्थीहरुको व्यक्तित्व विकास तथा प्रतिभाहरुको प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलाप गर्न अत्यन्तै आवश्यक छ,’ उनले भने, ‘हामीलेपनि भीमदत्त नगरपालिका मातहतका विद्यालयहरुमा यो आर्थिक वर्षबाट लागुहुने गरेर विद्यार्थीहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्फुटन गर्न प्रत्येक हप्ताको शुक्रवार ‘बुक फ्रि फ्राईडे’ कार्यक्रम संचालन गर्ने तयारी गरिरहेका छौँ ।’

पछिल्लो समय युवाहरु लागुऔषध दुर्व्यसनमा फस्दै गएको हुँदा त्यसबाट बचाउन समेत सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने नगर प्रमुख बोगटीले सुझाए ।

ताजा समाचार

सम्बन्धित समाचार