सुदूरपश्चिममा माओवादी जिल्ला इन्चार्जको हेरफेर

प्रकाशित:

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका विभिन्न जिल्लामा जिल्ला इन्चार्जहरूको जिम्मेवारीमा परिवर्तन गरेको छ।

असोज ६ गते जारी गरिएको परिपत्रमा ६ जिल्लाका लागि नयाँ इन्चार्ज तोकिएका छन्, जबकि बैतडी, बाजुरा र कञ्चनपुरमा पुरानै इन्चार्जहरू यथावत राखिएका छन्।

कञ्चनपुरमा टेकेन्द्र भट्ट, बाजुरामा कर्णबहादुर विश्वकर्मा (केशब), र बैतडीमा नरेन्द्र बहादुर कुँवरको जिम्मेवारी फेरिएको छैन।

त्यस्तै, कैलालीमा हरि ज्ञवालीलाई हटाएर नेपबहादुर चौधरीलाई इन्चार्ज बनाइएको छ। डोटीमा शिव ओलीलाई हटाएर त्रिलोचन भट्टको नियुक्ति गरिएको छ। डडेल्धुरामा जगत पार्कीको स्थानमा कुन्ती जोशी इन्चार्ज नियुक्त गरिएको छ।

अछाममा झपट साउदलाई हटाएर शरदसिंह भण्डारी इन्चार्ज बनेका छन्। दार्चुलामा लक्ष्मी विकलाई हटाएर लक्ष्मणदत्त जोशीलाई जिम्मेवारी दिइएको छ। यस्तै बझाङमा मिनबहादुर कुँवरलाई नयाँ इन्चार्जको जिम्मेवारी सुम्पिएको छ।

यस हेरफेरले पार्टीको संरचना र नेतृत्वमा नयाँ ऊर्जा ल्याउने विश्वास व्यक्त गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार