नागरिक उन्मुक्ति पार्टीले दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गर्यो

प्रकाशित:

महेन्द्रनगर ।नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ। सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी र इन्दिरा गिरीलाई पार्टीको कारबाहीबाट मुक्त गरिएको हो।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबारदेखि दुवै सदस्यलाई पार्टीको यथास्थानमा बहाली गर्ने निर्णय गरेका छन्।

पार्टीभित्र विवाद चर्किएको समयमा अध्यक्ष श्रेष्ठले कारबाही गरेका थिए, जुन झन्डै छ महिनापछि फुकुवा गरिएको हो।

यसका साथै, पार्टीले बागमती प्रदेश अध्यक्ष दीप तामाङ, गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ, र केन्द्रीय सदस्य नवीन थापाप्रति गरिएको कारबाही पनि फुकुवा गरेको छ। सांसद गङ्गाराम चौधरीले यसबारे जानकारी गराएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार