सिँचाई राज्यमन्त्री तामाङद्वारा कञ्चनपुरमा विभिन्न नदी कटान क्षेत्रको अवलोकन

प्रकाशित:

-केशब भट्ट ।
बेलौरी । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तमाङले कञ्चनपुर क्षेत्र नम्बर १ को नदी कटान क्षेत्रमा अवलोकन गरेका छन्।

सोमबार कंचनपुरको पुनर्वास नगरपालिका सिम्री स्थित दोदा नदिले गरेको कटान क्षेत्र, बेलौरी नगरपालिका ५ स्थित भकुण्डा कटान क्षेत्र र बेलडाँडी गाउँपालिका स्थित चौधर नदिले गरेको कटान क्षेत्रको अवलोकन गरेका हुन।

मन्त्रीसङ्गै सुदुरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना, पुनर्वास नगरपालिकाका उपमेयर भुलिया रानाले अवलोकन गरेका हुन्।

अवलोकनका क्रममा प्रदेश सभा सदस्य बिष्टले चौधर र दोदा नदिको कटानले गरेको क्षतिबारे मन्त्री तमाङलाइ ध्यानाकर्षण गराउदै नदीमा तटबन्ध गर्नसके सुरक्षित बस्न पाइने बताए।

साथै, बिष्टले यस क्षेत्रको विद्युतको समस्या समाधान गर्न समेत ध्यानाकर्षण गराएका हुन। बेलौरी, पुनर्वास क्षेत्रमा डिमलाइटको समस्या रहेको छ।

अवलोकनका क्रममा मन्त्री तमाङ्ले समस्या समाधानका लागि तत्काल के गर्न सकिन्छ सल्लाह गरेर अघि बढाइने बताए।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार