बाटो क्रस गर्दा बसको ठक्करले गम्भिर घाइते वृद्धको मृत्यु

प्रकाशित:

कञ्चनपुर। कैलालीमा बसको ठक्करले पैदल यात्री वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बसले ठक्कर दिँदा गौरीगंगा नगरपालिका–७ कम्दाका ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको हो।

गौरीगंगा नगरपालिका–९ मसुरियास्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ क २४६४ नम्बरको बसले बमलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो।

त्यसपछि गम्भिर घाइते भएका उनलाई उपचारका लागि तत्काल स्थानीय मेडिकल मसुरियामा लगियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगिएका बमको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस चालक गौरीगंगा नगरपालिका–९ का ४५ वर्षीय नारायण बहादुर भण्डारीलाई नियन्त्रणमा लिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार