कञ्चनपुर। कञ्चनपुरको विभिन्न ठाउँबाट ४ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिका–६ नकैया, वडा नम्बर ७ को पौलाह र वडा नम्बर १० को भुडा तथा पुनर्वास नगरपालिका–४ कारकिलडाडाबाट अवैध रुपमा भन्सार छलि गरेर ल्याइएको सामान बरामद गरिएको हो।
४ लाख १५ हजार ७ सय २२ रुपैयाँ मूल्य बराबरको चिनी, पेय पदार्थ, कस्मेटिक, किरानाका सामान, स्वीटर, कुर्ती, ज्याकेट, साइकल लगायत बेबारिसे अवस्थामा फेला परेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।