बैतडीमा १४ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा छोरा

प्रकाशित:

बैतडी। बैतडीमा १४ वर्षीया विवाहित किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन्। पाटन नगरपालिकाकी विवाहित किशोरीले गत भाद्र २६ गते डडेल्धुरा अस्पतालमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन।

डडेल्धुरा अस्पतालका अनुसार किशोरीले भाद्र २६ गते बिहान ८ः५३ बजेको समयमा पहिलो र ८ः५९ मा दोश्रो सन्तानलाई जन्म दिएकी छन्। शिशुको तौल क्रमशः १ किलो ९ सय ग्राम र १ किलो ७५० ग्राम छ।

शिशुहरुलाई आइसियु वार्डमा राखिएको छ। दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बालकुमारी बस्यालले बताइन्।

उनका अनुसार अस्पतालमा किशोरीले नर्मल डेलिभरी गराएकी थिइन्। आमा पनि स्वस्थ छिन् ।

स्वास्थ्यकर्मीहरुले १४ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्माएको घटनालाई दुर्लभ मानेका छन्। ती किशोरीले गत वर्ष प्रेम विवाह गरेकी थिइन्।

ताजा समाचार

सम्बन्धित समाचार