कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रवक्ता चित्रदेव भट्टले विद्यालयलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन्।

बेदकोट नगरपालिका–५ का वडाध्यक्ष समेत रहेका भट्टले धरमपुरस्थित सरस्वती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका हुन।

आफ्नो तलबभत्ता बापतको एक लाख एक हजार एक सय ११ रुपैयाँ भट्टले विद्यालयलाई दिएका छन्।

नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भट्टले चुनावताका सेवा सुविधा नलिने घोषणा गरेका थिए।


