कञ्चनपुर। कञ्चनपुरको विभिन्न ठाउँबाट प्रहरीले ३४ हजार भन्दा बढी मूल्य बराबरको अवैध समान बरामद गरेको छ।

पुनर्वास नगरपालिका–६ ङ गाउँ र बेलौरी नगरपालिका–५ राम नगरबाट भन्सार छलेर ल्याइएको अवैध समान बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ३४ हजार ६ सय मूल्य बराबरको पेय पदार्थ, बिडी, सुर्ती, अण्डा, सुट पिस, कुखुराको चल्ला लगायतका सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी ती अवैध समान नियन्त्रणमा लिएको हो।


