कञ्चनपुर। कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोट नगरपालिका–१ का ५५ वर्षीय टेकबहादुर मल्लको करेन्ट लागेर शनिबार मृत्यु भएको हो।

बेदकोट नगरपालिका–१ चम्फापुर राडाहामा रुखको हाँगा काट्ने क्रममा हाँगा बिजुलीको तारमा खसेर तार चुडिँदा मल्ललाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।


