कञ्चनपुरको ऐरी घाटमा महाकालीले कटान थाल्यो, रोक्ने प्रयासमा सरोकारवाला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर स्थित महाकाली नदीले कटान थालेको छ । महाकाली नदी माथि बन्दै गरेको चार लेनको पक्की पुलको दाँया बाँया पट्टी बनाउन लागिएको पोखरी (तलाउ) कालागि तयार पारिएको गाईडबण्ड (तटबन्ध) महाकाली नदीले कटान थालेको छ ।

बिहिबार देखिको अविरल वर्षले गर्दा महाकाली नदीमा जलस्थर निकै बढेको छ । महाकाली नदीमा शुक्रबार ४ लाख ६१ हजार क्युसेक पानी बगेको थियो ।

महाकालीमा पानीको बबहाव १ लाख ६० हजार क्युसेक पुग्दा उक्त पोखरीको गाईडबण्ड (तटबन्ध) कटान गरिरहेको हो । कटान रोक्नका लागि भीमदत्त नगरपालिका र अन्य सरोकारवाला निकाय प्रयासरत रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार