सुदूरपश्चिममा उत्कृष्ट शाखाको रुपमा निर्माण व्यवसायी संघ कञ्चनपुर सम्मानित

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिममा उत्कृष्ट शाखाको रुपमा निर्माण व्यवसायी संघ कञ्चनपुर सम्मानित भएको छ । शनिवार सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले कञ्चनपुर उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको हो।

कैलालीको धनगढीमा सुरु प्रदेश महासंघको १७ औं वार्षिक साधारण सभामा संघले व्यवसायिक हक अधिकार र संघको संस्थागत विकासका लागि उत्कृष्ट कार्य गरी योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो ।

प्रदेश महासंघको १७ औं वार्षिक साधारण सभामा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सहित पदाधिकारी र सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायी सहभागी भएका छन् ।

निरञ्जन प्रसाद भट्टले संघको नेतृत्व लिएपछि लालझाडी गाउँपालिकाको प्राविधिक व्यवसायी विवाद सहज रुपमा हल गरेको थियो ।

त्यस्तै भट्ट नेतृत्वको शाखाले निर्माण व्यवसायीको भुक्तानीका लागि दबाव दिन जिल्लाका विभिन्न सरकारी कार्यालयमा तालाबन्दी अभियान सुरु गरिएको थियो । संघले व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार