कृष्णपुरमा ज्योति सुरक्षा कार्यक्रमः-‘निःशुल्क सल्यक्रिया देखि नेत्रालयसम्म पुग्न लाग्ने गाडी भाडा समेत हामी व्यहोर्छौं’

प्रकाशित:

महेन्द्रनगर । कंचनपुरको कृष्णपुर नगरपालिकामा ज्योति सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ । गत बर्षदेखि पालिकाले नगरबासीको आँखा(अर्थात) ज्योति सुरक्षाको कार्यक्रम ल्याएको थियो ।

गत बर्षकै योजना चालु आर्थिक बर्षमा पनि शुरुवात गरेको हो । कुनै पनि व्यक्ति आँखा(ज्योति) बिना उनको जीवन नै अन्धकार हुने भएकाले स्थानीय सरकारले ज्योति सुरक्षा कार्यक्रम ल्याएको कृष्णपुरका मेयर हेमराज ओझा बताए ।

चुनावकै बेला जनतासग गरेको बाचा अनुरुप नागरिकको स्वास्थ्य सुरक्षादेखि ज्योति सुरक्षाका लागि उक्त कार्यक्रम ल्याएको बताए ।

नगरको दक्षिण ग्रामिण बस्ती राजघाटदेखि शुरुवात गरिएको उक्त निःशुल्क आँखा शिबिर उत्तर कुमगडा दुर्गमबस्ती पुगेर समापन गरिने मेयर ओझाले बताए ।

मेयर ओझाले शहरदेखि केही टाढा र आर्थिक स्थिती कमजोर भएका नागरिकहरुलाई लक्षित गर्दै शुरु गरिएको आखाँ शिविरले सामान्य चेकजाँच तथा चस्मा वितरण गर्ने काम गाउँ टोलमै गर्ने बताए ।

‘बढी पावर भएको चस्मा लगाउनुपर्ने अथवा आखाँको सल्यक्रिया गर्नुपर्ने भएहामीले धनगढी स्थित धनगढी नेत्रालय पठाउने छौँ, ‘उता निशुल्क सल्यक्रिया गर्नुका साथै नेत्रालयसम्म पुग्न लागेको गाडी भाडा समेत हामीले ब्यहोर्ने छौँ ।’ सोमबारदेखि कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटदेखि उक्त निःशुल्क आँखा स्वास्थ्य शिबिरको शुरुवात गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार