पण्डितले विपिन जोशीको रिहाइका लागि प्रयास गर्ने वचन दिए

प्रकाशित:

महेन्द्रनगर । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइको लागि सम्पूर्ण प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। उनले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गर्ने र उनलाई स्वदेश फर्काउने कोसिस गर्ने बताए।

गत वर्षको द्वन्द्वमा सुदूरपश्चिम विश्वविद्यालयका कृषि क्षेत्रमा सिक्ने उद्देश्यले गएका १२ जना छात्रछात्रा हमासको आकस्मिक आक्रमणमा मारिएका थिए, जसमा एक जना विपिन जोशी पनि छन्। पण्डितले जोशीको रिहाइको प्रयासमा आफ्नो पूर्ण प्रयास केन्द्रित गर्ने आश्वासन दिएका छन्।

संसदीय सुनुवाइको क्रममा, पण्डितले आफूले हासिल गरेका ज्ञान, सिप, क्षमता र अनुभवहरूको उपयोग गरेर नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र समुन्नतिको लागि निरन्तर प्रयत्नशील रहने वचन दिएका छन्। उनले देशलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान बढाउने र राष्ट्रिय हित प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार