गठबन्धन नगरी चुनाव लड्ने गगन थापाको प्रस्ताव पारित

प्रकाशित:

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आमनिर्वाचन गठबन्धन नगरी एक्लै लड्ने प्रस्ताव पार्टीको केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ। थापाले गत फागुनमा सम्पन्न महासमिति बैठकमा पेस गरेको यो प्रस्तावलाई आइतबारको बैठकले समर्थन गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवा र उनको निकटवर्ती सदस्यहरूले यसबारे तत्काल निर्णय नगर्नुपर्ने मत राख्दै आए पनि केन्द्रीय समितिले घुमाउरो रूपमा यो प्रस्ताव अनुमोदन गरेको हो।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टीले संगठनलाई बलियो बनाएर एक्लै बहुमत प्राप्त गर्ने रणनीति अनुरूप अघि बढ्ने निर्णय गरेको छ। पारित प्रस्तावमा कांग्रेसले आगामी निर्वाचनहरूमा गठबन्धनको सहारा नलिई, आफ्नै तागतमा एक्लै प्रतिस्पर्धा गर्ने र आफ्नो “रुख” चुनाव चिह्नलाई पुनः मजबुत बनाउने उल्लेख छ।

महामन्त्री थापाको प्रस्ताव अनुसार पार्टीले जनताको विश्वास जित्दै पूर्ण बहुमत ल्याउन सक्ने हैसियतमा पुनः स्थापित हुने रणनीति लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार