दोधारा । कञ्चनपुरको दोधारा–चाँदनी–३ स्थित बडुवाल टोलबाट साढे पाँच लाख बढीको भन्सार छलिको अवैध समान बरामद गरिएको छ ।
भनसार छलि गरेर ल्याउन लागिको पाँच लाख ५१ हजार रुैपाँया बराबरको अवैध सामान सशस्त्र प्रहरी बलले बरामद गरेको हो ।
शनिवार साँझ सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मातहत बडुवाल टोलबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक तेज सिंह भण्डारीको कमाण्डको टोलीले दोधारा चाँदनी नगरपालिका वार्ड न ३ माहाबिर घाटबाट बेबारिसे रुपमा बरामद गरेको हो ।
चुरोट, बिडि र कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी नायव निरीक्षक भण्डारीले बताए ।