महेन्द्रनगर । कञ्चनपुर– क्रान्तिकारी युवा संगठन, नेपाल (आरवाईओएन) ले भीमदत्त नगरपालिकाको कार्यालयका सूचना अधिकारीलाई एक औपचारिक सूचना बुझाउदै खाना तथा खाजा र सवारी साधन मर्मत खर्च विवरणहरू सार्वजनिक गर्न माग गरेको छ।
त्यसैगरी भेटनरी कार्यालय द्वारा दिएको अनुदान विवरण सार्वजनिक गर्न माग
संगठनले नगरपालिकाको खर्चमा अनियमितता भएको सम्बन्धमा प्राप्त धेरै गुनासाहरूको आधारमा उक्त सूचना मागेको हो। २०८१ साल श्रावण १७ गतेको मितिमा जारी गरिएको सूचनामा, सम्बन्धित विवरणहरू सात दिनभित्र उपलब्ध गराउन अनुरोध गरिएको छ।
यदि समयमै जानकारी उपलब्ध नगराइएमा संगठनले थप कारबाही गर्ने चेतावनी दिएको छ।
आरवाईओएनले निम्न विवरणहरू माग गरेको छस्
१। होटलहरूमा खर्च गरिएको रकमको विस्तृत विवरण।
२। कुनै पनि सवारी साधनको मर्मतमा भएको खर्चको जानकारी।
जिल्ला भेटनरी द्वारा दिएको अनुदान रकम विवरण दिन माग गरेको छ ।
यस पत्रमा क्रान्तिकारी युवा संगठन, कञ्चनपुरका संयोजक श्री भुवन प्रसाद भट्टको हस्ताक्षर रहेको छ।संगठनले सार्वजनिक कोषको प्रयोगमा पारदर्शिता र जवाफदेहिता आवश्यक रहेकोमा जोड दिएको छ, विशेष गरी हालको चुनौतीपूर्ण आर्थिक अवस्थामा। यदि माग गरिएको जानकारी समयमा उपलब्ध नगराइएमा संगठनले आवश्यक कारबाही गर्ने तयारीमा रहेको छ।