महेन्द्रनगर । कञ्चनपुरबाट डेढ अर्ब भन्दा बढि बजेट फ्रिज गएको छ । गत आर्थिक बर्ष ०८०/०८१ मा जिल्लाबाट १ अर्ब, ५० करोड, २४ लाख, १३ हजार, ३९२ रुपैया फ्रिज भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)बाटचालु पुँजिगत गरेर ७६ करोड, ८७ लाख, ७२ हजार ५७५ र प्रदेश कोलेनिकाबाट चालुपुँजिगत गरेर ७३ करोड, ३७ लाख, ४७ हजार, ७९६ रुपैया खर्च हुन सकेको छैन ।
गत आर्थिक बर्षमा संघीय र प्रदेश सरकारले जिल्लाभरीका विभिन्न कार्यालयहरुका लागि चालु तथा पुँजिगत तर्फको बिनियोजित बजेट मध्ये उक्त बजेट खर्च हुन नसकेपछि फिर्ता भएको संघीय÷प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सघीय कोष तथा लेखा नियन्त्रक/प्रदेश लेखा इकाई कार्यालयको तथ्याङ्क अनुसार चालु भन्दा पुँजिगत तर्फको बजेट बढि खर्च हुन नसकेको छैन ।
दुवै कोष तथा लेखा नियन्त्रक कार्यालयको क्षेत्राधिकार अन्र्तरगत जिल्लाभरी १५ अर्ब, २६करोड, ३९लाख, ३० हजार, ९९० रुपैया मध्ये १३अर्ब, ७६करोड, १५ लाख, १५ हजार, ५सय ९८रुपैया मात्रै खर्च भएको छ । दुवै कोष तथा लेखा नियन्त्रक कार्यालयको जिल्लाभरी चालु र पुँजिगत तर्फको ९०प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
संघीय कोलेनिका कार्यालयको तथ्याङ्क अनुसार चालु तर्फ ९ अर्ब, २५ करोड, ३०लाख, २६ हजार, ४२१, चालु तर्फ ३अर्ब, ५६ करोड, ४५ लाख, ८४हजार ९ रुपैया गरी १२ अर्ब, ९२करोड, ७६लाख, १० हजार ४२१रुपैया जम्मा बजेट मध्ये चालु तर्फ ८ अर्ब, ८७ करोड, ३७लाख, ८४ हजार, ४४७रुपैया र पुँजिगत तर्फ ३अर्ब, १७करोड, ५०लाख, ५३ हजार ४०८रुपैया गरी १२अर्ब, ०४करोढ ८८ लाख ३७ हजार ८५५रुपैया मात्रै खर्च भएको छ ।
प्रदेश लेखा इकाई कार्यालयको तथ्याङ्क अनुसार चालु तर्फ १ अर्ब, ११ करोड, ७७ लाख, २६ हजार, ५२९ रुपैया, पुँजिगत तर्फ १ अर्ब, ३२ करोड, ८५ लाख, ९१ हजार गरेर जम्मा २ अर्ब, ४४ करोड, ६३ लाख, २० हजार ५६९ रुपैया बजेट मध्ये चालु तर्फ ७९करोड, ८५लाख, ८४ हजार, ४६६ रुपैया र पुँजिगत तर्फ ८१करोड, ४०लाख, ८५ हजार, २७६रुपैया खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका प्रमुख कृष्ण बहादुर धामीले विकास निर्माणको ढिलो गरी अख्तियार आउने भएकाले बजेट खर्च हुन नसक्ने अवस्था रहेको बताए । प्रमुख कोष नियन्त्रक धामीले गत आर्थिक बर्षमा कोलेनिकाको क्षेत्राधिकार भित्र रहेको कार्यालयहरुको ९४ प्रतिशत रकम खर्च भएको बताए ।
प्रदेश लेखा इकाई कार्यालयका सुचना अधिकारी बीर बहादुर ऐरले पनि पुँजिगत तर्फ अख्तियार ढिलो आउने भएकाले चालु भन्दा पुँजिगत बढि बजेट खर्च हुने गरेको बताए ।