महेन्द्रनगरको खुला मञ्चमा भदौ ८ गतेदेखि गौँरा महोत्सव

प्रकाशित:

महेन्द्रनगर । महाकाली साहित्य सङ्गमले बर्षेनी मनाउँदै आएको गौरा महोत्सव यस बर्ष भदौ ८ गते बिरुडा पञ्चमीदेखि महेन्द्रनगर खुला आयोजना गरिने भएको छ ।

सङ्गमका केन्द्रीय अध्यक्ष हरीश प्रसाद जोशीको संयोजकत्वमा महोत्वस मनाउन १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

मान प्रसाद भट्टको सयोजकत्वमा ११ सदस्य रहेको मन्च ब्यवस्थापन उपसमिति, पन्चमराज भट्ट को सयोजकत्वमा ५ सदस्य गोरा का विविध क्रियाकलाप को परिचर्चा उपसमिति, लछ्मि प्रसाद भट्टको सयोजकत्वमा आर्थिक उपसमिति, हजारी सिंह पुजारा को सयोजकत्वमा अनुगमन मूल्याङ्कन उपसमिति, चिनाराम नेपाली को सयोजकत्वमा सास्कृतिक उपसमिति, कुन्ती बोहराको सयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।

चन्द्र गिरि, इश्वरी दत शास्त्री, प्रमबल्लभ भट्ट, अम्बादत जोशी, गिता आउजि, लाइ डेउडा ब्यवस्थापन र दैनिक गोरा मा गाइने मागलिक फाग, गीत को सयोजकत्वमा गर्ने जिम्मेवारी दिइएको छ ।

गोःरा महोत्सव ०२०८१ मा लोक बाजा, पहिरन, खाद्य परिकार, गरगहनाहरू, पुरातात्विक बस्तु, जीवन शैली ऐपण कलाको प्रदर्शनी आयोजना गरिनेछ । डेउडाका गिदारी, गिदाराहरुको सम्मान अभिनन्दन गोरा का प्रत्येक क्रियाकलाप को छायाङ्कन गरिनेछ। ठाडो खेल, ढुस्को धमारी, औल्याखेल, भग्गालिङ्ग, डेउडा (महिला पुरूष) दैनिक खेलाइने छन ।

पन्च बिरुडि, गोराएकदशी, गोरा डालो, महेश्वर बालो, कुन्डनानु, सप्तम्या, दु धागो, औसेक, अनारि उजाड गोरा, नया गोरिया, लाखेनाच, नोलाइगोरा, अठेवालि, मुन्डो पुज्ने, जोलापुरि, प्रसाद बितरण, बाल बृद्ध युवाका खेलमाल, गोरा सेलाउने लगायत को बर्णन र प्रदर्शन रहने महोत्सव लाइ सफल गर्न सम्पूर्ण महानुभावहरुलाई अपील गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार