सुदूरपश्चिमको सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश टेबल

प्रकाशित:

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको सुदूरपश्चिम प्रदेश सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश टेबल भएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको आज आइतबारदेखि सुरु भएको पाँचौँ अधिवेशनको पहिलो बैठकमा सो अध्यादेश टेबल भएको हो ।

आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश जारी गर्नुपरेको अवस्था र कारण पेस गर्दै अध्यादेश पेस गरेका थिए ।

उनले देशको राजनीतिक कारण र सरकार परिवर्तन हुँदा प्रदेश सरकारको बजेट पास नहुँदा राजश्व सङ्कलन ठप्प भएको उल्लेख गर्दै सेवा सुचारु गर्न अध्यादेश ल्याएको स्पष्ट पारे ।

प्रदेश सरकारले मौजुदा करका दरहरूलाई यथावत् राख्दै अध्यादेश जारी गरेको छ ।

अध्यादेश जारी गरेसँगै कर सङ्कलनको गाँठो फुकेको हो । प्रदेशमा दैनिक करिब ४० लाखभन्दा बढी कर सङ्कलन हुँदै आएको छ ।

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेर असार १ गते प्रदेशसभामा प्रस्तुत बजेट पास हुन नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार