महेन्द्रनगर । कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्य भएको छ भने एक बालिका घाईते भएकी छिन् ।
शुक्लाफाटा नगरपालिका–४ आसपुरी स्थित माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया बिपना चुनाराको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । सोही ठाउँकी १३ वर्षीया दिविका सुनारलाई घाईते अवस्थामा उद्दार गरीएको प्रहरीले जनाएको छ ।
उनको अहिले उपचार भईरहेको छ । यस्तै भीमदत्त नगरपालिका–१९ बागँफाटा स्थित वडा नम्बर १९ को कार्यालय पछाडि रहेको पानीको तलाउमा सोही ठाउँ बस्ने ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ ।