बाघको आक्रमणबाट ज्यान गुमाएकी शाहको परिवारलाई नगरपालिकाको ५० हजार सहयोग

प्रकाशित:

चाँदनी । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएकी २३ वर्षिय हीरा शाहको परिवारलाई दोधारा–चाँदनी नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

बिहिबार दोधारा चादनी नगरपालिका–२ कमलशा टोलकी शाहले खेतमा धान गोड्ने क्रममा बाघको आक्रमणमा परी ज्यान गुमाएकी हुन् । खेतमा धान गोड्ने (घास काट्ने) क्रममा पछिडी पट्टी रहेको उखुँबारीबाट बाघले आक्रमण गर्दा शाहको मृत्यु भएको हो ।

शुक्रबार दोधारा चाँदनी नगरपालिकाले मृतक शाहको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ । पीडित परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त आर्थिक सहयोग गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताए ।

दोधारा चाँदनी नगरपालिका–२ का वडाध्यक्ष पदम रावलले आज उक्त आर्थिक सहयोग मृतक शाहको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

May be an image of 8 people

ताजा समाचार

सम्बन्धित समाचार