दोधारा चाँदनीका अटो व्यवसायी आन्दोलित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीका अटो व्यवसायिहरु आन्दोलित बनेका छन । पटके कर खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका अटो व्यवसायीहरुले बुधबार नगरपालिका परिसरभित्र अटो राखेर विरोध जनाएका थिए ।

कर खारेजीका लागि नगरपालिका कार्यालयमा बुझाएको मागपत्रमा सुनुवाई नभएपछि आन्दोलनमा व्यवसायिहरु सबैले आफ्ना अटो नगरपालिका कार्यालयमा राखि दिएका हुन ।

अटो व्यवसायी समितिले आइतबार पटके कर खारेजीको माग राखेर दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुलाई माग पत्र बुझाएको थियो ।

No description available.

समितिले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको थियो । अटो व्यवसायीहरु अति विपन्न, समान्य श्रमिक भएको आम्दानीको तुलनामा कर बढी तिर्नु पर्ने अवस्था भएकाले मार्कामा परेको मागपत्रमा उल्लेख गरिएको छ ।

अटो व्यवसायीहरुले माग अनुसार कर खारेजीका नभए अटोहरु नगरपालिका कार्यालयमा राखेर चरणवद्ध आन्दोलनमा उत्रिने बताएका छन । तर नगरपालिकाले भने गत वर्ष पनि व्यवसायिहरुको कर छुट गरेर यस पटक न्युनतम कर लगाएको जनाएको छ ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले व्यवसायिको माग अनुसार कटर छुटदिनका लागि पहल गरिने बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार