महेन्द्रनगर । कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन ।

मंगलबार बाघको आक्रमणमा परेर शुक्लाफाटा नगरपालिका–५ खजुवाकी मानमती साउँद घाइते भएकी हुन ।
घर नजिकै रहेको गाई गोठमा घाँस हाल्ने क्रममा उनीमाथी बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

घाइते साउँदको झलारीको एक निजी अस्पतालमा उपचार भइरहेको छ ।
