दोधारा । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ का अवसरमा माइती नेपालले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

दोधारा चाँदनी नगरपालिका निर्माधिन महाकाली पक्की पुल क्षेत्रमा माईती नेपाल कञ्चनपुरले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ।

मानव बेचबिखन बिरुद्धमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले घरदैलो कार्यक्रम समेत सम्पन्न गरेको हो । दोधारा चाँदनी नगरपालिकाको निमार्णधिन महाकाली पक्की पुल संगै नेपाल–भारत सिमा बस्ती आसपास क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि घरदैलो, छलफल तथा पर्चा पम्पलेट कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ ।

दैनिक ठुलो मात्रामा आवागमन तथा भारत पस्ने महाकाली ४ लेनको पक्की पुल क्षेत्र हो । मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयाँ–नयाँ तौरतरिकाहरु लगाएत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभाव, अपराधिक गतिविधिमा संलग्न दलालहरुको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिदै गएको हुदां उक्त मानवता विरोधी अपराध लगाएत मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण तथा निर्मुलीकरण गर्न सबैको हातेमालो अपरिहार्यताको बिषयमा पुल नजिक आवत जावत गर्नेहरुलाई सचेतना गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले बताउनुभएको छ ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको जनचेतनामुलक पर्चा, पम्पलेट बितरण गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाको महाकाली झोलुङ्गे पुल र निमार्णधिन महाकाली पक्की पुलमा माईती नेपाल कञ्चनपुरले सुचना तथा परामर्श केन्द्र स्थापना गरि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा महत्वपुर्ण कार्य गर्दै आएको छ ।