सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

प्रकाशित:

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभामा सरकार पक्ष सहभागी नभएपछि सभामुख भीमबहादुर भण्डारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्।

कांग्रेस र एमालेका एक चौथाइ बढी प्रदेश सभा सदस्यको मागअनुसार प्रदेश प्रमुखले आह्वान गरेको विशेष अधिवेशनको तेस्रो बैठक सोमबार दिउँसो दुई बजे बोलाइएको थियो ।

बैठक सुरु भएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य बनाइएको तर मन्त्री नै अनुपस्थित रहेको बैठक अघि बढाउन नसक्ने भन्दै अनिश्चितकाललाई बैठक स्थगित भएको घोषणा गरेका हुन् ।मा अन्योलता सिर्जना भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार