खोका छाप्रा हटाउने नगर विकासको सार्वजनिक सूचनामा एमाले कञ्चनपुरको आपत्ति

प्रकाशित:

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले पूरानो वस पार्कका खोका छाप्रा र सालघारीमा मजदुर परिवारको व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ । एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले सोमबार विज्ञप्ति प्रकाशित गरी भीमदत्त नगर विकास समितिको खोका छाप्रा र सालघारको मजदुर वस्ती खाली गर्ने निर्णयलाई हवाला दिँदै सूचना सार्वजनिक भएकोमा आपत्ति जनाएकी हुन् ।

तत्कालिन महेन्द्रनगर नगर विकास समिति।९भीमदत्त नगर विकास समिति० ले पूरानो वस पार्कमा खोका छाप्रा व्यवसायीका लागि १० बाई १० फिट जग्गा उपलब्ध गराएको थियो । त्यसैगरी सालघारीमा मजदुर परिवारलाई व्यवस्थापन गर्नका लागि तत्कालिन नगर विकास समितिले लगत संकलन गरी कार्य अघि बढाएको थियो ।

प्रंमुख जिल्ला अधिकारीको अध्यक्षतामा केही दिन अघि बसेको बैठकबाट खोका छाप्रा र सालघारीका मजदुर परिवारको व्यवस्थापन तथा अनाधिकृत अतिक्रमण हटाउने लगायतका विषयमा सर्बदलीय बैठक बसेको थियो । बैठकमा खोका छाप्रा र मजदुर वस्ती बाहेक अन्यको हकमा निर्णय गरिए पनि भीमदत्त नगर विकास समितिले १५ दिने सूचना सार्वजनिक गरेकोमा एमाले कञ्चनपुरले आपत्ति जनाएको छ ।

एमाले कञ्चनपुरले नगर विकास समितिको जग्गामा निर्माण गरिएका अनाधिकृत संरचना हटाउने कार्यमा सधैं साथ सहयोग रहने प्रतिवद्धता गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार