भीमदत्तकी जनप्रतिनिधी मिना कुँवरको पहलमा विपिन जोशीका परिवार परराष्ट्रमन्त्री आरजु समक्ष रिहाईको माग

प्रकाशित:

महेन्द्रनगर । हमास समुहको नियन्त्रणमा रहेका कञ्चनपुरको महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाईको माग अघि सार्दै घर परिवारले फेरी परराष्ट्रमन्त्रीलाई भेटेका छन । सोमबार विपिन जोशीका बाबु महानन्द जोशी सहितका घर परिवारका सदस्य एव भीमदत्त नगरका जनप्रतिनिधीले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई भेटेका हुन ।

(काँग्रेस–एमाले) गठबन्धनको नयाँ सरकार गठन भएपछि विपिनका परिवारले पहिलो पटक परराष्ट्रमन्त्री देउवालाई मन्त्रालयमै भेटेर रिहाईको माग अघि सारेका छन । भीमदत्त नगरपालिका ३की वडा सदस्य समेत रहेकी महिला नेतृ मिना कुँवर ठगुन्नाको पहलमा विपिनका बाबु महानन्द र उनका दाजु किशोर जोशी सहितले परराष्ट्रमन्त्री आरजुलाई भेटेर शिघ्र रिहाई गरिदिन अनुरोध गरेका छन ।

भीमदत्त नगरकी जनप्रतिनिधी मिना कुँवरले लामो समयदेखि हमास समुहको नियन्त्रणमा रहेका विपिनको रिहाईका लागि वर्तमान सरकारले पहल गरिदिनुपर्ने र त्यसको नेतृत्व परराष्ट्रमन्त्रीले लिनुपर्ने माग अघि सारेर आफु र विपिनका घर परिवारले परराष्ट्रमन्त्री आरजुसंग जोडदार माग अघि सारेका छन । यस अघि विपिनको परिवारले ९माओवादी,काँग्रेस०, ९माओवादी,एमाले० नेतृत्वको गठबन्धन सरकारका तत्तकालिन गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्री समक्ष विपिनको रिहाईको माग अघि सारेका थिए ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको रिहाईका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । गत बर्ष २० असोज ०८० मा प्यालेष्टाईनी हमास समुहले ईजरायलमा आक्र्रमण गर्दा सुप विश्वविद्यालय टीकापुर कृषि क्याम्पसबाट ईजरायलमा ‘लर्न एन अर्न’ कार्यक्रम अन्र्तरगत ईजरायल गएका थिए । हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशी झण्डै साढे महिनादेखि परिवारको सम्पर्कमा नआएपछि घरपरिवारमा संन्नटा छाएको छ । विपिन जोशी हमास समुहको नियन्त्रणमा आएदेखि जनप्रतिनिधी मिनाले निरन्तरत रिहाईका लागि पहल गर्दै आएकी छिन ।

ताजा समाचार

सम्बन्धित समाचार