मुख्यमन्त्री सोडारीद्वारा मन्त्री थापा बरखास्त

प्रकाशित:

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।

प्रदेशसभा बैठकमा उपस्थित भएको भन्दै मुख्यमन्त्री सोडारीले मन्त्री थापालाई बरखास्त गरेका हुन्। थापा आइतवार प्रदेश सभाको बैठकमा सहभागी भएकी थिइन्।

मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला थापा सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो।

यस अघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन्। आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए।

सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर जनताको आवाज उठान होस् भनेर संसद् आएको थापाले बताइन् ।

संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन् ।

ताजा समाचार

सम्बन्धित समाचार