महेन्द्रनगर । कञ्चनपुरमा एक लाख बढीका भन्सार छलीका समान प्रहरीले बरामद गरेको छ ।

जिल्लाको बलैरी नगरपालिका–८ पश्चिम टोल, भीमदत्त नगरपालिका–१७ बाँसखेडा र ऐठपुरबाट अवैध रुपमा भंसार छली गरि ल्याएको ईलेक्ट्रोनिकका सामानहरु, टेक्टरको पाटपुर्जा, धोती र सुट कपडा गरि अन्दाजी मुल्य एक लाख १३ हजार बढीको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बेबारिसे अवस्थामा फेला परेको उक्त समान सम्बन्धमा आवश्यक कार्वाही भईरहेको प्रहरीले जनाएको छ ।
