बंगलादेशमा समस्यामा परेका विद्यार्थीलाई अनलाइनमार्फत आवेदन दिन आह्वान

प्रकाशित:

काठमाडौँ । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छ्न ।

परराष्ट्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि अनलाईन निवेदन दिन सकिने व्यवस्था मिलाएको शनिबार जानकारी गराएको छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नेछन् ।

मन्त्रालयले आवश्यक विवरण भर Form Submit गरी प्रत्यक्ष सम्पर्क गर्नका निमित्त परराष्ट्र मन्त्रालय, काठमाडौं शाखाका अधिकृत महेश्वरमणि त्रिपाठी, बंगलादेशस्थित नेपाली राजदूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई सम्पर्क गर्न भनेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार