महाकालीमा पानीको बहाब घट्यो

प्रकाशित:

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाब घटेको छ । बिहीबारदेखि बढेको पानीको बहाब शुक्रबार घटेको हो ।

शुक्रबार बिहान ९ बजेको मापनअनुसार महाकालीमा पानीको बहाब ९३ हजार ४ सय ४ क्युसेक पुगेको प्रहरीले जनाएको छ ।पानीको बहाब घटेसँगै शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको अवागमन सुचारु भएको छ ।

शुक्रबार बिहानदेखि चार पांग्रे सवारी साधन आवागमन सुचारु भएको हो ।
बिहीबार दिउँसो नदीमा पानीको बहाब बढेपछि पुलमा ठूला सवारीसाधनको आवागमन बन्द गरिएको थियो ।

बिहीबार महाकालीमा पानीको बहाब १ लाख ४७ हजार क्युसेक पुगेको थियो ।

नदीमा बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार