महेन्द्रनगर । कञ्चनपुर बेदकोट नगरपालिकाको एक सामुदायिक विद्यालयको प्रद्यानाध्यापकमा युवा शिक्षक नवराज पन्तलाई जिम्मेबारी दिईएको छ । बेदकोट नगरपालिका २जडेपानीको बैजनाथ माध्यामिक विद्यालयको प्रद्यानाध्यापकमा युवा शिक्षक पन्तलाई जिम्मेबारी दिईएको हो ।
विद्यालय व्यवस्थापन समितिले माध्यामिक तहका शिक्षक पन्तलाई प्रअकै जिम्मेबारी दिएको जनाईएको छ । माध्यामिक तह अग्रेजी विषयमा शिक्षक पन्तलाई बिहीबार (३साउन) देखि प्रअको जिम्मेबारी दिएको हो । झण्डै १८ बर्षदेखि शिक्षण पेशामा रहेका शिक्षक पन्तले ०७१ सालमा शिक्षक सेवा आयोग निकालेका थिए । स्थायी भएपछि शिक्षक पन्तले राष्ट्रिय मावि पहरिया, सरस्वती मावि महुलिया, घटाल मावि सुडामा शिक्षण गरेका थिए ।
घटाल माविबाट बैजनाथमा सरुवा भएका शिक्षक पन्तलाई अहिले प्रअको जिम्मेबारी पाईएको हो । शिक्षक तालिम केन्द्र महेन्द्रनगरका रोष्टर शिक्षक समेत रहेका अग्रेजी विषयका शिक्षक पन्तले प्रअको जिम्मेबारी पाएपछि अग्रेजी सहित समग्र विद्यालयको शैक्षिक स्तर बृद्धिमा अपेक्षा गरिएको छ ।
बैजनाथ माध्यामिक विद्यालयको प्रअमा जिम्मेबारी पाएपछि प्रअ नवराज पन्तले सामुदायिक विद्यालयको बृद्धि विकास शैक्षिक सुधारका कार्यक्तम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । प्रअ पन्तले शिक्षक, अभिभावक, सामुदायिक सहितका सरोकारवाला निकायसंगको समन्वय गरेर अघि बढ्ने बताए ।