धनगढी । धनगढीमा होटलको छतबाट हाम फालेर एक युवक घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका( ३ ट्राफिक चोकमा रहेको खप्तड सैपाल होटल एण्ड लजमा काम गर्ने बैतडीको दशरथचन्द नगरपालिका(५ बस्ने २० वर्षीय हेमराज जोशीले गएराति पौने २ बजेको समयमा छतबाट हाम फालेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी कबिन्द्रसिंह बोहोराले मादक पदार्थ सेवन गरी सोही होटलको एक तला माथिबाट हाम फाल्दा घाइते भएका जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए ।
उनको बाँया खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।