एसइई फेल भएका एक विद्यार्थीको पुनर्योगमा ४ जिपिए

प्रकाशित:

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा एसइई मा फेल भएका एक विद्यार्थीले पुर्नयोगमा ४ जिपीए ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय पनिका , कक्षा १० ले २०८० को माध्यमिक शिक्षा परीक्षा एसइई उत्तरपुस्तिका जाच्ने क्रममा गरेको गम्भीर लापरबाहीका कारण यस्तो भएको हो ।

पनिकाले पुनर्योग रिटोटलिङ को नतिजा सार्वजनिक गरेपछि गम्भीर लापरबाही भएको पाइएको हो।नतिजामा चित्त नबुझेमा पुनर्योग गराउन पाइने व्यवस्था छ।

पनिकाले २०८० सालको नियमित तथा ग्रेड वृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा अनलाइन फाराम भरी असार ३१ गते सम्ममा निवेदन दिन आग्रह गरेको थियो।

सोहीअनुसार करिब १८ हजार विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएको परीक्षा बोर्ड पनिकाले जनाएको छ। उक्त विद्यार्थीहरूको रिटोटलिङ नतिजा सार्वजनिक भइरहेको छ।

परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले रिटोटलिङको नतिजा सार्वजनिक गरेकोमा ननग्रेडेड अर्थात् फेल भएकाहरू चार जिपिए ल्याएर पास भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार