कञ्चनपुरका निर्माण व्यवसायी आन्दोलितः भुक्तानी नगरेको भन्दै महाकाली सिंचाई तेस्रो चरणको कार्यालयमा तालाबन्दी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा निर्माण व्यवसायीले महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा तालाबन्दी गरेका छन् ।

निर्माण व्यवसायीहरुले काम गरेको रकम भुक्तानी नपाएपछि सांकेतिक आन्दोलनको स्वरुप महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन् ।

May be an image of 6 people

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टको नेतृत्वमा मंगलबार महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा झण्डै दुई घण्टा जति तालाबन्दी गरेका हुन् ।

गत आर्थिक बर्ष ०८०/०८१ मा निर्माण सम्पन्न भएको कामको रकम भुक्तानी नभएरपछि आज तालाबन्दी गरिएको निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए ।

‘हामीले पटक पटक निर्माण सम्पन्न गरेको कामको भुक्तानी माग्यौं तर, कार्यालयले भोली भन्दाभन्दै टार्दै आयो, आर्थिक बर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैंकका राखेर सरकारको काम गर्दछन, तर सरकारी कार्यालयले भुक्तानी दिदैन ।’

May be an image of 13 people and text

मंगलबारदेखि निर्माण व्यवसायीहरुले भुक्तानी लिन बाँकि रहेका कार्यालयहरुमा सांकेतिक बिरोध सहित तालाबन्दीको कार्यक्रम अघि बढाएको हो ।

निर्माण व्यवसायीहरुले भुक्तानी लिन बाँकि रहेका सबै कार्यालयहरुमा प्रत्येक दिन झण्डै दुई घण्टा तालाबन्दी कार्यक्रम रहेको अध्यक्ष भट्टले बताए ।

सरकारी कार्यालयहरुबाट भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरु निकै मर्कामा परेका छन् । भुक्तानी नभएकै कारण कतिपय निर्माण ज्यवसायीहरु आत्महत्याको बाटो समेत रोज्दै आएका छन् ।

निर्माण व्यवसायीहरु प्रति राज्य उदासिन हुँदा निकै दुःखद परिस्थितीको सामना गर्नु परेको निर्माण व्यवसायी संघका कोषाध्यक्ष दिपकराज भट्टले बताए ।

मंगलबार महाकाली सिँचाई आयोजना तेस्रो चरणको कार्यालयबाट आन्दोलनको थालनी गरिएको कोषाध्यक्ष भट्टले बताए ।
‘हामीले आन्दोलन थालेका छौं, आज महाकाली सिँचाई आयोजनामा बिरोधको स्वरुपमा तालाबन्दी गरेका हौं ।’ उनले भने, ‘गत आर्थिक बर्ष मात्रै नभई त्यस अघिका आर्थिक बर्षमा पनि निर्माण व्यवसायीले गरेका कामको कार्यालयले भुक्तानी गर्न बाँकी रहेको छ ।’

May be an image of 12 people, people smiling and text that says '出 生 CAK निर्माण व्यवसायी संघ कज्चनपुर निर्माण កបក្រា व्यवसायीहरुको बिल भुक्तानी नमएको कारण विरोध स्वरुूप धर्ना तथा तालाबन्दी कार्यक्रम २0८৭/०४/0৭ गते De'

महाकाली सिँचाई आयोजना तेस्रो चरणको कार्यालयबाट मात्रै निर्माण व्यवसायीहरुले ४० करोड भन्दा बढी रकम भुक्तनी लिन बाँकि छ ।

उक्त कार्यालयबाट सात ओटा निर्माण कम्पनीहरुले ४० करोड बढी रकम भुक्तानी लिन बाँकि भएपछि कञ्चनपुरका निर्माण व्यवसायीहरु आन्दोलित भएका हुन् ।

लुम्बिनी स्वच्छन्द बन्दन भगवती भेजीको १४ करोड ३० लाख ८९४ रुपैँया महाकाली सिँचाई आयोजनाबाट भुक्तानी हुँन बाँकि छ ।

त्यस्तै आरोग्य भेगिम सोसाईटी जेभीको १ करोड ८ लाख २४ हजार ३९८ रुपैँया, गाल्वा निर्माण सेवा प्रालिको ३ करोड २१ लाख ७३ हजार ५ सय रुपैँया, बराह डेभलपर्स प्रालिको ४ करोड ८२ लाख ४९ हजार ४५९ रुपैँया, केएस कन्स्ट्रक्सन प्रालिको ७ करोड १५ लाख ९८ हजार ७४०रुपैँया, केएस कन्स्ट्रक्सन प्रालिको ७ करोड १५लाख ९८ हजार ७४० रुपँैया, नेपाल आर्दश÷तेज जेभीको ५ करोड ४१ लाख १९ हजार ५८४ रुपैँया र गीता साकुरा पावर जेभीको १६ करोड ९१ लाख ७९ हजार ८८४ रुपैँया भुक्तानी हुँन बाँकी रहेको महाकाली सिँचाई आयोजना तेस्रो चरणले जनाएको छ ।
विभागबाट बजेटको व्यवस्था नहुँदा निर्माण व्यवसायीलाई मर्का परेको महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय प्रमुख कुसाङ शेर्पाले बताए । निर्माण कार्य सम्पन्न गरेका व्यवसायीहरुको रकम भुक्तानी गर्न नसक्दा आफु पनि लज्जित भएको उनले बताए ।

बजेटको दायित्व पुरा गर्न नसकेको आफु पनि दुखित भएको कार्यालय प्रमुख शेर्पाले बताए । पटक–पटक विभागमा ताकेता गर्दापनि बजेट नआएको उनले दुखेसो गरे ।

निर्माण व्यवसायी संघ कञ्चनपुरले आन्दोलनको कार्यक्रम भने निरन्तर राख्ने भएको छ । आजदेखि सुरु भएको आन्दोलन प्रत्येक दिन भुक्तानी दिन बाँकि रहेका सबै कार्यालयहरुमा गर्दै जाने अध्यक्ष भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार