महेन्द्रनगर। नेपालको राजनीतिक इतिहास हेर्दा हालसम्म नेपालमा विभिन्न पार्टिका २८ जना नेता गृहमन्त्री बनेका छन् ।
सुदूरपश्चिमले यस पटक तेस्रो गृहमन्त्रीका रुपमा रमेश लेखक पाएको छ । २०४६ सालदेखि २०८१ सम्म आईपुग्दा सुदूरपश्चिमले तीन वटा गृहमन्त्री पाएको हो ।
शेर बहादुर देउवा:
नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्बाट मुलुकमा दोस्रो नम्बर तथा सुदुरपश्चिमबाट पहिलो गृहमन्त्री पाएका थिए ।
देउवाले २०४८/२/१५ देखि २०५१/८/१३ अथवा ३ वर्ष कार्यकाल नेपाल सरकारको गृहमन्त्री जस्तो गरीमामय पदमा विताए । देउवा मुलुकको दोस्रो नम्बर गृहमन्त्री मात्र बनेनन् मुलुकको ४०औँ प्रधानमन्त्री रुपमा पाचौँ प्रधानमन्त्री पन ी बने ।
पुर्व गृह मन्त्री तथा पुर्व प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । प्रधानमन्त्री देउवा काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए ।
खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय भएका उनि विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । । उनि नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।
विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका देउवा २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।
विसं २०४८ मा गृहमन्त्री बनेका प्रधानमन्त्री देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनि पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए ।
त्यसपछि उनि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री भए । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए ।
प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने। तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरिदिए ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस कदमजम को अवधारणा ल्याए।
त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा काँग्रेस विभाजन भई गठन भएको नेपाली काँग्रेस प्रजातान्त्रिकको उनि सभापति बने । विसं २०६४ मा काँग्रेस र काँग्रेस ९प्रजातान्त्रिक०को एकतापछि देउवा नेपाली काँग्रेसको वरिष्ठ नेता भए ।
सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका देउवा सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका छन्।
डा.भीम रावल:
सुदुरपश्चिले दोस्रो गृहमन्त्री पाएका नेता हुन डा भीम रावल । रावल नेकपा एमालेका शक्तिशाली नेता हुन । उनी नेपाली राजनीतिज्ञ हुन। रावलले २०६६/३/३ देखि ०६७/१०/२२ झडै डेढ वर्ष गृह मन्त्रीको पदभार सम्हालेका थिए ।
उनी नेकपा एमालेका पुर्व उपाध्यक्ष पनी हुन ।उनी नेपालको सैवैधानिक निवार्चन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद पनी भएका थिए । अछाम क्षेत्र नम्बर १ बाट सांसद रावल २०७४ को आम निर्वाचनमा निर्वाचित भएका थिए ।
रमेश लेखक:
सुदुरपश्चिबाट तेस्रो गृहमन्त्री पाएका नेता हुन रमेश लेखक । लेखकले २०८१/३/३१ गते सोमबार शक्तिशाली मन्त्रालयको रुपमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
नेपाली काग्रेसका प्रमुख सचेतक तथा युवा नेता रमेश लेखक नेपालको राजनितिमा एक प्रखर वक्ता पनि हुन। २०३७ सालदेखि नेपाल विद्यार्थीसङ्घमा आबद्ध भएको लेखक । महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा स्ववियु सभापतिका लागि चुनावसमेत लडेको थिए।
२०४७ सालमा जिल्ला कार्यसमितिको सचिव भए । दुई कार्यकाल सचिव भए । ०५६ मा पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित भए । नेकपा माओवादी शान्तिसम्झौतामा आउनु अगाडि उनीहरुसँग वार्ताटोली गठन भएको थियो ।
त्यसको सदस्य भएँ । सोही समय गिरिजाप्रसाद कोइरालको नेतृत्वको सरकारमा पहिला श्रमराज्य मन्त्री र पछि फुलमन्त्री भएँ । त्यसपछि पहिलो संविधान सभाको सदस्य भएँ । पहिलो र दोस्रो संविधान सभामा संविधान बनाउने विभिन्न समितिमा रहेर काम गरेँ ।
संविधान मस्यौदा समिति, कार्यदल समितिलगायत विभिन्न समितिमा काम गरे । संविधान सभाअन्तर्गत न्यायपालिका हेर्ने समितिमा समेत संयोजक भएर काम गरे ।
लेखक यस अघि २०६३ सालमा श्रम राज्यमन्त्री, २०६४ सालमा श्रम मन्त्री,२०७३ सालमा भैतिक पुर्वाधार तथा याताया मन्त्रालय सम्म्हाली सकेका छन् ।उनको सैसदीय यात्रा भने २०६६ सालदेखि नै सुरु भएको हो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट विजयी लेखकले एमालेका अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकारमा चौथो पटक मन्त्री हुदै गृहमन्त्रालय सम्हालेका हुन ।