स्वास्थ्यमन्त्री भाटद्वारा कञ्चनपुरका वाढी पीडितलाई औषधी वितरण

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओम विक्रम भाट (सरल) कञ्चनपुरका वाढीपीडित बस्तीमा पुगेका छन ।प्रदेशका स्वास्थ्यमन्त्री सरलले जिल्लाका पाँच पालिका वाढीपीडित बस्तीमा पुगेर औषधी हस्तान्तरण गरेका छन ।

जिल्लाका बढी बाढी प्रभावित भएका पाँच पालिकामा वाढीपीडित बस्तीमा पुगेर पालिकाहरुलाई औषधीजन्य राहत हस्तान्तरण गरेका छन ।

शनिबार स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओम विक्रम भाट९सरल०का स्वकीय सचिव कैलाशचन्द्र गिरीले बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी र दोधाराचाँदनीका वाढीपीडित प्रभावित बस्तीमा गएर अति आवश्यक औषधीजन्य राहत वितरण गरेको बताए ।

स्वकीय सचिव गिरीका अनुसार सुपानेट झुल, अति आवश्यकीय औषधी पालिकाहरुलाई हस्तान्तरण गरेका छन ।

स्वास्थ्यमन्त्री सरलले प्रदेश सरकारबाट अति वाढी प्रभावित बस्तीका नागरिकलाई तत्तकाल चाहिने औषधीजन्य पदार्थ वितरण गरिएको र भावि दिनमा समेत प्रदेश सरकारबाट थप आवश्यक औषधी वितरण गर्ने आश्वास दिएका हुन ।

प्रदेशका स्वास्थ्य सरलले वाढीप्रभावित नागरिकलाई राहत र क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माणका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

केही दिन पहिले स्वास्थ्यमन्त्री सरलले जिल्लाका विभिन्न वाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।

औषधी बोकेर वाढीपीडित बस्तीमा पुगेपछि पीडितले प्रदेश सरकार नै घरदैलोमा आएको बताएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार