कञ्चनपुरको सुडा स्थित कल्भर्ट भत्किएपछि वैकल्पिक बाटोको माग राखेर सडक बन्द

प्रकाशित:

महेन्द्रनगर । गत शुक्रवारदेखि लगातार चार दिनको अविरल वर्षका कारण कञ्चनपुरमा पुर्वपश्चिम महेन्द्रराजमार्गको सुडा स्थित पुल (कल्भर्ट) भत्किएपछि वैकल्पिक बाटोको माग राखेर स्थानीयले सडक बन्द गरेका छन् ।

अविरल वर्ष पश्चातको बाढीले उक्त कल्भर्ट भत्काएपछि अरुबद्ध भएको सडकमा वैकल्पिक बाटो विस्तारको माग अघि सारेर स्थानीयले शुक्रबार सडक बन्द गरेका हुन् ।

राजमार्गमा पुल भत्किएपछि सुडाको डाउना, घटाल मावि स्थानीय सडक हुँदै पुन राजमार्ग प्रयोग गरिरहेका छन् ।

बेदकोट नगर सुडाका स्थानीय टेक बहादुर चन्दले राजमार्ग जस्तो सडक पाँच दिन हुँदा समेत सम्बन्धीत निकायबाट चासो समेत व्यक्त नभएपछि पुल क्षेत्रका स्थानीयले सुडा चोकमा सडक बन्द गरेर ठुला सवारी साधन संचालन रोकेको बताए ।

स्थानीय चन्दले पुल निर्माण कार्य अघि बढ्न नसक्दा गाँउ भएर सवारी साधन संचालन हुँदा तीन विद्यालय सहित स्थानीयलाई सास्तीदेखि सडकमा सवारी चापले दुर्घटना निम्तिरहेको बताए ।

बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले सडक सहितका कार्यालयबाट यथाशिघ्र सडक शुचारु हुनुपर्ने बताए । उनले सडक डिभिजन कार्यालयको चरम लार्पबाहीले वैकल्पिक मार्गको पहल समेत नभएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार