कञ्चनपुरमा बाढी पिडीतका घरसम्म पुग्दै नेपाली कांग्रेस

प्रकाशित:

महेन्द्रनगर । गत शुक्रवार देखी परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित परिवारहरुसंग नेपाली कांग्रेस कञ्चनपुरले भेटघाट गरिरहेको छ ।

गत आइतवार परेको ‘रेकर्ड ब्रेकर’ वर्षाले कञ्चनपुरमा ठुलो क्षती पु¥याएको छ । जिल्लाभर बाढीमा परेर ५ जनाको ज्यान गएको छ ।

May be an image of 6 people, temple and text

मृत्यु हुनेमा पुनर्वास नगरपालिका– ५ का लक्ष्मी बोगटी, सिर्जना बोगटी, आरती बोगटी, कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिनाका छोरा सोनु धानुक र बेलडाँडी गाउँपालिका–३ बैबाहका २३ वर्षिय डम्बर चौधरी रहेका छन् ।

May be an image of 5 people and tree

यस्तै जिल्लाभर हजारौँ परिवार विस्थापित भएका छन् भने करोडौँको क्षती भएको छ । नेपाली कांग्रेस कञ्चनपुर यतिबेला बाढी प्रभावित परिवारसंग भेटघाट र बाढी प्रभावित क्षेत्र तथा क्षतीको स्थलगत अनुगमन गरिरहेको छ ।

May be an image of 7 people

बुधवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशी, नेपाली कांग्रेस कञ्चनपुरका सभापती पदम बोगटी, उपसभापती मिन बहादुर सिंह, सचिव भीमराज भट्ट, कोषाध्यक्ष पवन सिंह, सहसचिव नाफु साउँद, क्षेत्र नम्बर १ का सभापती गोपी प्रसाद उपाध्याय सहित पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्मा, उपमेयर भुलिया रानाले बाढीमा परेर ज्यान गुमाएका पुनर्वास नगरपालिका–०५ का लक्ष्मी, सिर्जना र आरतीको परिवारसंग भेटभाट गरेका छन् । यस्तै पुनर्वास, बेलौरी, बेलडाँडी क्षेत्रका बाढीबाट प्रभावित परिवारसंग समेत भेटघाट गर्दै क्षतीको स्थलगत अनुगमन गरिएको नेपाली कांग्रेस कञ्चनपुरका सचिव भट्टले बताए ।

May be an image of 11 people

यस अघि कांग्रेस कञ्चनपुरले दोधारा–चाँदनी नगरपालिका, भीमदत्त नगरपालिकामा भएको क्षतीको स्थलगत अनुगमन गरिसकेको छ ।

कांगे्रस कञ्चनपुर बाढी पिडितको साथमा रहेको भन्दै बाढी पिडितहरुलाई तत्काल राहात उपलब्ध गर्न तीनै तहका सरकारलाई आग्रह गरिएको र कांग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुलाई बाढी प्रभावितको खोज, उद्धार, राहात वितरण कार्यमा लाग्न निर्देशन दिइएको सचिव भट्टले बताए ।

यस्तै कांग्रेस कञ्चनपुरले बाढी पिडितहरुलाई सक्दो सहयोग गर्ने समेत उनले बताए ।

May be an image of 9 people

May be an image of 10 people and text

ताजा समाचार

सम्बन्धित समाचार