Wednesday, July 24, 2024

बाढिले पुर्वपश्चिम राजमार्गमा कलभर्ट भासियो,पर्यो चिरा,सम्बन्धीत निकाय वेखबर

प्रकाशित:

महेन्द्रनगर । अविरल वर्षका कारण पुर्वपश्चिम राजमार्ग  अन्र्तगत  कञ्चनपुरको भीमदत्त नगरपालिका बनखेतमा   कलभर्ट भासीनुका साथै चिरा परेको छ ।

तिन दिन देखि लगातार परेको अविरल बर्षा पछि खोलामा आएको बाढिले कलभर्ट भासीनुका साथै सडक पुरै चिरा परेको हो  ।कल्भर्टमा चिरा परेर भासिएपछी दुर्घटना हुन सक्ने खत्रा बढेको छ ।

कलभर्ट भासीदा र चिरा परेको हुदा सवारी साधन ओहोर दोहोरमा निकै सास्ती खेप्नु परेको भीमदत्त नगरपालिका वडा नम्बर ५ का अटो चालक प्रकाश सुनारले बताए ।

सडक भासिएको र चिरा परेको तिन दिन वितिसक्दा समेत सडक डिभिजन कार्यालयले खासै चासो नदेखाएको उनको भनाई रहेको छ । समयमै सम्बन्धीत निकायले सडकमा ध्यान नदिने हो भने ठुलो दुर्घटना पनि हुसनसक्ने स्थानीयहरुको बुझाई रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार