खोरमै मरे दश हजार कुखुरा ! ‘४० लाखको लगानी क्षणभरमै स्वाहा, अब बैङ्कको ऋण तिर्ने कसरी ?’

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ तिनतारामा अजय चन्दको खोरमै दश हजार कुखरा मरेका छन् । शुक्रबार देखिको अविरल वर्षाका कारण बाढीले चन्दको भीमदत्त–५ तिनतारा स्थित पोल्र्टी फर्ममा रहेका १० हजार बोईलर कुखुरा बाढी डुवानबाट मरेका छन् ।

No description available.

विगत दश बर्ष देखि व्याक्तिगत ५ लाखको लगानीमा चन्दले कुखुरा पालन व्यावसाय सुरु गरेका थिए । सानो लगानीमा विस्तारै लगानी फस्टाउदै गएपछी चन्दले एक दशक पछि बैङ्कको कर्जा लिएर थप कुखुरा व्यावसाय गर्ने सोचका साथ अगाडि बढेका थिए ।

No description available.

चन्दले संरचना लगायत डेढ करोड लगानीमा नीजि दश कट्टा जमिनमा व्यावसाय गर्दै आईरहेका थिए । तर लामो समयको पर्खाई पछि जब चन्द हुर्की सकेका कुखुरा बेचेर मनग्य आम्दानी लिने सपना देख्छन् । एकाएक अजयको सपना बाढीले तुहाई दिन्छ ।

No description available.

असार २४ गते राती परेको भारी वर्षाले चन्दका बेच्नकालागि तयार भईसकेका ४ हजार कुखुरा, हुर्काउदै गरेका ६ हजार कुखुरा गरी जम्मा १० हजार कुखुरा बाढीले मेरेका हुन् ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार