Wednesday, July 24, 2024

घरभित्र पानी पस्दा सात महिने बच्चाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । चार दिनदेखिको लगातारको भीषण वर्षाले कञ्चनपुरमा एक बच्चाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका– १ पहरियाका सातमहिने बच्चाको मृत्यु भएको हो ।

लगातारको वर्षाका कारण घरभित्र पानी पसेर खाटमा सुतिरहेको बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले आमासँगै खाटमा सुतेका सोनु धानुकको मृत्यु भएको बताए । ‘खाटमुनि घरभित्रै पानी पसेको रहेछ,’ उनले भने, ‘खाटबाट भुइँमा खस्दा पानीमा डुबेर नाबालकको मृत्यु भयो ।’

ताजा समाचार

सम्बन्धित समाचार