किशोर कुमार तामाङ ।
पुनर्वास । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका प्रभाव देखिएको छ । केही दिन देखिको अविरल वर्षाका कारण कञ्चनपुरको अधिकांश खोलामा बाढी आएको छ। बाढीका कारण तटीय क्षेत्र डुबानमा परेका छन्।
विपद पोर्टलका अनुसार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर लगायतका दक्षिणी भेग स्थित पालिका हरू पुनर्वास ,बेलौरी ,बेलडाँडी र लालझाडीमा चौधार नदी र दोदा नदिले ताण्डप मच्चाएको छ।
कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा दोदा नदीको बाढिले बिताण्ड मच्चाएको छ। केही दिन देखिको अविरल वर्षाले कंचनपुरको पुनर्वास नगरपालिका वडा नं ५ स्थित सिमरी,रातोताल र वडा नं २ स्थित दशरथबस्ती डुबानमा परेको छ ।
आईतबार राती १ बजेबाट बाढी बस्तीमा पसेपछि स्थानीयहरुको बिचल्ली भएको छ । बाढीले पुनर्वास(धनगढी सडकखण्ड अन्तर्गत हुलाकी राजमार्ग पुर्ण रुपमा अवरुद्ध बनेको छ ।
बाढी प्रभावित क्षेत्रका स्थानीयहरुलाई पुनर्वास नगरपालिका वडा नं ५ स्थित सिमरि नजिकैको चन्द्रवाल आधारभूत विद्यालयमा सुरक्षित स्थानको व्यवस्था र पुनर्वास नगरपालिका बिपद शाखा र रेडक्रसले गाँस बासको व्यवस्थापन गरेको पुनर्वास बिपद ब्यवस्थापनका फोकल पर्सन ओम नाथ ढकालले जानकारी दिए।
अहिले पहिलो प्राथमिकता मानविय क्षेती नहोस भनेर काम गर्न मानवीय उद्दारका लागि उद्वार टोली परिचालन गरेको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिनुभयो।
उहाँले ञसो क्षेत्रका स्थानियलाई सुरक्षित रहन समेत अनुरोध गर्नुभएको छ। उहाँले बाढीझप्रभावित क्षेत्रमा उच्च सतर्कतामा उद्वार टोलीद्वारा काम गरिरहेको जानकारी दिनुभयो।
उद्धारमा पुनर्वास नगरपालिका बिपद ब्यवस्थापन शाखा, नेपाल रेडक्रस,नेपाल प्रहरी , शसस्त्र प्रहरी र स्थानीय युवाहरू राती देखि नै खटि रहेको छ । अझै निरन्तर उद्धारकै क्रममा रहेको पुनर्वास नगरपालिका बिपद ब्यवस्थापन शाखाले जानकारी दिए ।
यसैगरी जिल्लाको बेलडाँडी गाउपालिका भएर बग्ने चौधर नदीले वाद फुटेर पानी गाउँ पसेसंगै बस्ती डुवानमा परेका छन् । निरन्तर ४ दिनको अविरल बर्षाले चौधर नदिमा पानीको सतह बढेसंगै आज(सोमबार) विहान बेलडाँडी-५ ईमलियामा नहरको वाद फुटाएर नदि गाउँ पसेसंगै गाउँबस्ती डुवानमा परेका हुन ।
नदि गाउँबस्तीमा प्रवेश गरिरहेकाले बेलडाँँडी गाउपालिकाका तल्लो झिलमिला,झिलमिला, बैवाहा, ढकनिया, खैरिघाट क्षेत्र उच्च जोखिममा परेका छन् ।